बयलवास, २४ फागुन – ११४ औँ अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा आज सर्लाहीको ईश्वरपुरमा प्रभातफेरि निकालिएको छ ।
ईश्वरपुर नगरपालिकाको आयोजना तथा ग्रामीण नारी उत्थान संघ हरिपुर, बागमती सेवा समाज नेपाल हरिवन र रुपान्तरण नेपालको सहयोगमा प्रभातफेरि निकालिएको हो । नगरपालिका कार्यालयदेखि नारायण बहुमुखी क्याम्पससम्म र त्यहाँबाट फेरि नगरपालिका कार्यालयसम्म प्रभातफेरि निकालिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाकी संयोजक गायत्री चौधरीले बताईन् ।
प्रभातफेरि पश्चात नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न क्षेत्रमा क्रियाशील १३ जना महिलालाई सम्मान गरिएको छ । महिला दिवसकै अवसरमा आयोजित बतृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय भक्तिपुर पहिलो, नारायण माध्यमिक विद्यालय बयलवास दोस्रो र लालिगुराँस आवासिय विद्यालय बयलवास तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश ः २ हजार, १५ सय र १ हजार नगद तथा कदरपत्रसहित मेयर मनोजकुमार आचार्य, उपमेयर रन्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, शिक्षा शाखाका प्रमुख (उपसचिव) हरिप्रसाद दाहाल, योजना शाखाका प्रमुख पुष्करमणि घिमिरे, महिला तथा बालबालिका शाखाकी प्रमुख चौधरीलगायतले सम्मान गरेका छन्