logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बालक अपहरण गरेकाे आराेपमा भारतीय युवक पक्राउ


  • उज्यालो अभियान

बालक अपहरणकाे आराेपमा पक्राउ परेका अभियुक्त अताबुल अन्सारी । (तस्बिर : जिल्ला प्रहरी कार्यालय मलंगवा)

मलंगवा, २४ फागुन – भारतीय बालक अपहरण गरेकाे आराेपमा भारतकै एक युवकलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

भारतकाे बिहार राज्य अन्तर्गत सितामढी जिल्ला स्थित सोनवर्षा थानाकाे जानकीनगर ग्रामपञ्चायत वडा नं.१ दरवार लालवनी निवासी धिरेन्द्र रामको छाेरा ४ वर्षीय अंकित कुमारलाई अपहरण गर्दै गरेकाे अवस्थामा २७ वर्षीय सताबुल अन्सारीलाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीका अनुसार बुधबार दिउँसाे साँढे १ बजेतिर नजिकै रहेकाे नेपालतर्फ पर्सा गाउँपालिका-२ संग्रामपुर स्थित सडकखण्डमा कुरकुरे खरिद गर्न आएका अंकितलाई ललाईफकाई हात समातेर डाेर्याउँदै लैजादै गरेको अवस्थामा दिउँसाे पाैने २ बजेतिर अन्सारीलाई नियन्त्रणमा लिईएकाे हाे ।

भारतीय पक्षबाट सूचना आउने बितिकै परिचालित प्रहरी टाेलीले सितामढी जिल्ला अन्तगर्त बेला थाना स्थित बथुवारा ग्रामपञ्चायत वडा नं. १ निवासी अन्सारीलाई नावालक डाेर्याएर हिँडिरहेकाे अवस्थामा स्थानीयकाे सहयाेगमा संग्रामपुरबाटै नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । उद्धार गरिएका नावालक अंकितलाई तत्कालै अभिभावककाे जिम्मा लगाई नियन्त्रणमा लिईएका अन्सारीलाई अपहरण तथा शरीर बन्धक मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भईरहेकाे एसपी ज्ञवालीले जानकारी दिए ।