logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गएसाँझको सामान्य वर्षाले प्रदुषण केही घट्यो, दक्षिणी भेगमा लागेको हुस्सु हट्दै


  • उज्यालो अभियान

जिल्लाको दक्षिण पश्चिम भेगमा सोमबार बिहान लागेको हुस्सु । (तस्बीर सौजन्य : जितेन्द्र कुशवाहा)

बरहथवा, २१ फागुन – गएसाँझको सामान्य वर्षापछि सर्लाहीमा धुलो, धुँवाको प्रदुषण तत्कालका लागि केही कम भएको छ ।

यहाँ हिजो बेलुकापख केहीबेर पानी छिट्याएको थियो । राति ठूलो पानी भने पर्न सकेन । छिटफुट वर्षा भएपनि अन्य दिनको तुलनामा आज धुलो, धुँवाको प्रदुषण कम देखिएको हो ।

यहाँको सागरनाथ, फूलजोर, जानकीनगरलगायत क्षेत्रका जंगलमा लागेको डढेलो निभेको स्थानीयले बताएका छन् । हिजो दिनभर मौसम धुम्म भएपनि आज भने जिल्लाको उत्तरी भेगको मौसम बिहानैदेखि घाम लागेर सफा छ । तर, दक्षिणी भेगमा भने हुस्सु लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । तर, दक्षिणी भेगमा पनि हुस्सु हटेर घाम देखा पर्न थालेको छ ।

यहाँ आज बिहान शित परेको थियो । सर्लाहीसहित तराई क्षेत्रमा बिहान–बेलुका र रातको समयमा चिसो भएपनि दिउँसोपख चिसो हटिसकेको छ ।