logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा २० गतेसम्म दिनभर बत्ती काटिने


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा, १९ फागुन – नेपाल विद्युत प्राधिकरणको मलंगवा वितरण केन्द्र अन्तर्गत आजदेखि १२ दिनका लागि दिनभर बत्ती काट्न थालिएको छ ।

आगामी ३० गतेसम्म बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बत्ती काट्न सुरु गरिएको हो । नवलपुर–मलंगवा ३३ केभी लाइनको पुरानो तार हटाइ नयाँ तार जडान गर्नुपरेकाले दिनभर बत्ती काटेर काम गर्नुपरेको मलंगवा वितरण केन्द्रले जनाएको छ ।

यसरी दिनभर बत्ती काटिँदा ग्राहक भने मारमा परेका छन् । अब मलंगवा वितरण केन्द्र अन्तर्गत बिजुली वितरण हुने जिल्लाको दक्षिणी बेल्टमा फागुन ३० गतेसम्म बिजुलीबाट हुने काम ठप्प जस्तै हुने भएका छन् ।