logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गुईडुङ्गमा खानेपानी आयोजनाको उद्घाटन


  • उज्यालो अभियान

घारिबथान, १९ फागुन – सर्लाहीको दुर्गम चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, गुइडुङ्गमा खानेपानी पुगेपछि आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

देवीडाँडा एकीकृत सौर्य खानेपानी तथा सिँचाई आयोजना गुइडुङ्गको आज ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, निवर्तमान मेयर मनोजकुमार देवकोटा, ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठलगायत भएर उद्घाटन गर्नुभएको हो । जापान सरकार (यूएनडीपी) को आर्थिक तथा प्राविधिक सहयोगमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रमार्फत १ करोड ९८ लाख रुपैयाँ लागतमा बाँके खोलाको पानी लिफ्टीङ गरेर गुइडुङ्ग गाउँका ६५ घरधुरीमा पुर्याइएको ग्रामीण जिविकोपार्जनको लागि नवीकरणीय उर्जा कार्यक्रमका फिल्ड को–अर्डिनेटर अमजद अलीले जानकारी दिए ।

खानेपानी आयोजना सम्पन्न गर्न सम्पूर्ण १ करोड ९८ लाख रुपैयाँ खर्च यूएनडीपीले बेहोरेको छ । कुवाको पानी पिउँदै आएका गुङडुङका स्थानीय घरघरमै पानीको धारा आएपछि खुसी भएका स्थानीयवासी एवं देवीडाँडा एकीकृत सौर्य खानेपानी तथा सिँचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर थिङले बताए ।

ईश्वरपुर १२ स्थित घारिबथान गाउँबाट डेढ/दुई घण्टा चुरेको डाँडा पैदल चढेर मेयर, वडाध्यक्षसहितका अतिथि पुगेर खानेपानीको आयोजना उद्घाटन गरेर फर्किएका छन् ।