मलंगवा, १८ फागुन – नेपाल पत्रकार महासंघ सर्लाही शाखाले संचारकर्मी शिवकुमार महतोलाई गालीगलौच गरी अंगभंग पारिदिन्छु भन्दै धम्की दिइएकोप्रति आपत्ति जनाएको छ ।
जिल्लाको गोडैता बजारमा रहेको धड्कन एफएममा कार्यरत संचारकर्मी महतोलाई अपरिचित व्यक्तिले बुधबार दिउँसो ९८१५८७५४९१ नम्वरबाट फोन गरेर समाचार प्रशारणको विषयलाई लिएर दुईवटै खुट्टा भाँचिदिन्छु भन्दै धम्की दिएका थिए । महासंघका जिल्ला सचिव सुनिल कुमार ठाकुरले हिजो प्रेस विज्ञप्ती जारी गर्दै एक जना संचारकर्मीलाई यसरी धम्की दिनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै निन्दनिय कार्य रहेको उल्लेख गरेका छन् ।
विज्ञप्तीमा यस घटनामा संलग्न व्यक्तिलाई तत्काल पहिचान गरी कानूनी कारवाहीको दाउरामा ल्याउन माग गरिएको छ ।