मलंगवा, १८ फागुन – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा आज स्थानीय बिदा दिइएको छ ।
नगरपालिकाको आज परेको ३७ औँ स्थापना दिवसको अवसरमा नगरभित्र बिदा दिइएको छ । मेयर नागेन्द्र प्रसाद यादवले सूचना जारी गरी आज नगरपालिका, वडा कार्यालय, मातहतका कार्यालय र शैक्षिक संस्था बन्द रहने उल्लेख गरेका छन् ।
मलंगवा नगरपालिकाले स्थापना दिवसको अवसरमा केही दिनअघि देखि नै विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ । आज मूल समारोह आयोजना गरी स्थापना दिवस मनाइने र विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको स्थापना दिवसकै अवसरमा अहिले बहान मलंगवा बजारमा सरसफाई कार्यक्रम जारी छ ।