logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दीमा आज बिदा


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, १५ फागुन – लालबन्दी नगरपालिकाभित्र आज स्थानीय बिदा दिइएको छ ।

मगर स्थापना दिवस र माझी समुदायको लदी पूजाको अवसरमा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको हो । नगर उपप्रमुख कल्पनामाया पाख्रिनले दुवै समुदायको माग अनुसार आज एक नगरभित्र बिदा दिइएको जानकारी दिईन् । उनका अनुसार आज नगरपालिका, वडा, शिक्षण संस्था तथा मातहतका सम्पूर्ण कार्यालय बन्द रहने छन् ।

जिल्लाका मगर समुदायले आज साँस्कृतिकसहित विविध कार्यक्रम गरी मगर स्थापना दिवस मनाउँदै छन् ।

त्यस्तै, जिल्लाको उत्तरी भेगमा बसोवास गर्ने माझी समुदायले पनि आ–आफ्नो ठाउँमा नदीको पूजा गरी लदी पूजा गर्दै छन् ।