logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

कौडेनामा स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु


  • उज्यालो अभियान

मलंगवा, १५ फागुन – पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत जिल्लाको कौडेना गाउँपालिका–३, मा सोमबार राति स्कारपियो र मोटरसाइकल जुध्दा दुई युवकको ज्यान गएको छ ।

राति साँढे ८ बजेतिर भएको दुर्घटनामा मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र त्यही ठाउँका १९ वर्षीय अजय महतोको ज्यान गएको डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । घाइते दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

कौडेना र मुसैलीको बीच भागमा मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको डीएसपी थारुले जनाए ।

दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएपनि त्यसका चालक भने फरार छन् । उनको खोजी भइरहेको डीएसपी थारुले बताए ।

भर्खरै कालोपत्रे भएको सर्लाहीको हुलाकी सडकमा तीव्र गति र चालकले लापरवाही गर्दा दैनिकजसो सवारी दुर्घटना हुन थालेका छन् ।