logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मगर र माझी समुदायको पर्वका अवसरमा लालबन्दीमा भोली बिदा


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, १४ फागुन – सर्लाहीको लालबन्दी नगरपालिकाले मगर समुदायको ४२ औँ स्थापना तथा राष्ट्रिय एकता दिवस र माझी जातीले मनाउने महान चाड लदी पूजा (कोशी पुजा) को अवसरमा भोली स्थानीय बिदा दिएको छ ।

नगर उपप्रमुख कल्पनामाया पाख्रिनले आज सूचना जारी गरी दुवै पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै भोली एक दिन स्थानीय बिदा दिइएको उल्लेख गरेकी छन् ।

भोली नगरपालिका, वडा, शिक्षण संस्था तथा मातहतका सम्पूर्ण कार्यालयमा बिदा दिइएको उज्यालो अभियानसँग बताईन् । नगरभित्र मगर र माझी समुदायको बाक्लो बसोवास रहेको र दुवै समुदायले स्थानीय बिदा दिन माग गरेकाले सोही अनुसार बिदा दिइएको उपप्रमुख पाख्रिनले बताईन् ।

लालबन्दी नगरपालिकाले यसअघि तामाङ समुदायले मनाउने सोनाम ल्होछार पर्वको अवसरमा माघ २८ गते स्थानीय बिदा दिएको थियो ।