logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पसलमा राखेर गाँजा बिक्री गर्ने महिला पक्राउ, ३ लाख ७९ हजार नगद समेत बरामद


  • उज्यालो अभियान

हरिवन, १४ फागुन – हरिवन प्रहरीले पसलमा लागुऔषध गाँजा लुकाएर बिक्री वितरण गर्ने एक महिलालाई नियन्त्रणमा लिएको छ ।

हरिवन नगरपालिका–१०, ब्रम्हस्थान बस्ने ५३ वर्षीया फूलमाया घिसिङलाई पसलमा ४३ वटा पुरिया र ३ वटा प्लाष्टिकको पोलिथिनमा पोका बनाएर राखेको ३३५ ग्राम लागुऔषध गाँजासहित पक्राउ गरिएको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । गाँजा बिक्रीबाट आम्दानी गरेको दसीका रुपमा प्रहरीले पसलमा राखिएको ३ लाख ७९ हजार ३२५ रुपैयाँ नगद समेत बरामद गरेको छ ।

यस्तै प्रहरीले राति बागमती नगरपालिका–१२, बथाने स्कुल अगाडिबाट लागुऔषध गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।

प्रदेश नं. २–०४–००१ प ९५६२ नम्वरको मोटरसाइकल चेकजाँच गर्दा ५ केजी २१० ग्राम गाँजासहित प्रहरीले बागमती नगरपालिका–१२, कै १९ वर्षीय निशान्त घिसिङ र हरिहरपुरगढी गाउँपालिका–६, सिन्धुली बस्ने १८ वर्षीय मानव मोक्तानलाई पक्राउ गरेको हो ।