logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लालबन्दीमा निःशुल्क आँखा शिविर सुरु, पहिलो दिन ३९१ जनाले सेवा लिए


  • उज्यालो अभियान

लालबन्दी, १३ फागुन – लालबन्दीमा हिजोबाट निःशुल्क आँखा परीक्षण शिविर सुरु भएको छ ।

हिजो पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको आयोजक लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए । ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको छ । १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

यस्तै प्रकारको आँखा शिविर आज लालबन्दी १५ र १६ को संयुक्त वडा कार्यालय परवानिपुर र भोली लालबन्दी १७ रानिगन्जस्थित वडा कार्यालयको प्राङ्गणमा आयोजना गरिएको खतिवडाले बताए । हिजो, आज र भोलीको शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई फागुन १८ गते नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दी अन्तर्गत सामुदायिक परोपकार आँखा उपचार केन्द्र लालबन्दी ५ जरुवा पानीमा निःशुल्क अप्रेसनको प्रवन्ध मिलाइएको छ ।

लायन्स क्लब लालबन्दी सिटी र निवानिज क्लब निलगिरीको संयुक्त आयोजनामा आँखा शिविर संचालन गरिएको हो ।