परवानिपुर, १३ फागुन – लालबन्दी नगरपालिका १५ र १६ को संयुक्त वडा कार्यालय परवानिपुरमा आज आयोजित एक दिने निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएको छ ।
तीमध्ये ६० जनामा मोतिया विन्दु फेला परेको आयोजक लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए । मोतिया विन्दुका बिरामीलाई १९ गते परोपकार आँखा उपचार केन्द
लालबन्दी ५ जरुवा पानीमा शल्यक्रियाको व्यवस्था मिलाइएको छ ।
शिविरमा २०० भन्दा बढी आँखाका बिरामीलाई निःशुल्क रुपमा चश्मा र औषधि समेत वितरण गरिएको छ । शिविर संचालन गर्न आज दिनभर जनप्रतिनिधि, आयोजक क्लब, सामुदायिक परोपकार आँखा उपचार केन्द्रका पदाधिकारी तथा कर्मचारी खटिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सचिव भरत गौतमले बताए ।
यस्तै, प्रकारको आँखा शिविर भोली लालबन्दी १७ को वडा कार्यालय रानिगन्जमा आयोजना गरिएको आयोजक लायन्स क्लब लालबन्दीले जनाएको छ । यसअघि हिजो यस्तो प्रकारको शिविर लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो ।
जानकीमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएकोमा ९५ जनामा मोतिया विन्दु फेला परेको छ ।