logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सबै धर्म र समुदायलाई समान व्यवहार हुन्छ : प्रधानमन्त्री प्रचण्ड


  • उज्यालो अभियान

बागमती, १२ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैलाई एउटै सुत्रमा बाँधेर मात्रै राष्ट्रिय एकता कायम हुन सक्ने बताएका छन् ।

जिल्लाको बागमती नगरपालिकाले आयोजना गरेको बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई शनिबार साँझ सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र नभएको तर्क गरे । कार्यक्रममा सातै प्रदेशको भाषा, सँस्कृति र पहिचान झल्कने नृत्य प्रस्तुत गरिएको छ ।

साँस्कृतिक कार्यक्रमलाई चाख दिएर हेरेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो छोटो सम्वोधन गरे । उनले कार्यक्रमले राष्ट्रिय भावना प्रवद्र्धन गर्न टेवा पुगेको तर्क गरे ।

बागमती नगरपालिकाले कार्यक्रममा ३ हजार विद्यार्थीलाई सहभागी गराई सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने नृत्य प्रस्तुत गरेको छ ।

धनुषामा पुल उद्घाटन तथा शिलान्यास कार्यक्रममा सरिक भइ शनिबार साँझ बागमती आइपुगेका प्रधानमन्त्री प्रचण्डले बागमती नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागी गराएर गरेको यस कार्यक्रमबाट केन्द्र सरकारलाई पनि उर्जा प्राप्त भएको बताए ।

बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापाको अध्यक्षतामा आयोजित कार्यक्रम ढिलो गरी सूरु भएकाले प्रधानमन्त्री प्रचण्डले मात्रै सम्वोधन गरे ।