logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम आज सफा, उत्तरी भेगमा गएसाँझ एकझर राम्रैसँग वर्षा


  • उज्यालो अभियान

शुक्रबार देखिएको लालबन्दी बजार क्षेत्रको दृश्य । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, ११ फागुन – सर्लाहीको मौसम आज सफा भई उघ्रिएको छ ।

यहाँ हिजो र अस्ती दुई दिन मौसम धुम्मिएको थियो । आज भने जिल्लाभरकै मौसम बिहानैबाट घाम लागेर सफा देखिएको हो ।

गएसाँझ जिल्लाभरको मौसम बद्ली भई चट्याङसहित हावाहुरी र हल्का वर्षा भएको थियो । उत्तरी चुरेभेगका बस्ती तथा लालबन्दी, हरिवन, बागमतीलगायत क्षेत्रमा असिनासहित एक झर राम्रैसँग वर्षा भएको छ ।

उत्तरी भेगमा बलेसी चुहिने गरी पानी परेको हो । यस भेगमा धुलो, धुँवाको प्रदुषण आज केही कम देखिन्छ । तर, जिल्लाको दक्षिणी भेगमा भने पानी पर्न सकेन ।

मेघगर्जन भएपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पानी पर्न नसकेको स्थानीयले बताएका छन् । फागुन मध्यतिर आइपुग्दा सर्लाहीसहित तराई क्षेत्रमा चिसो धेरै हदसम्म कम भइसकेको छ ।

बिहान–बेलुका र रातको समयमा चिसो रहेपनि दिउँसोपख क्रमिक रुपमा गर्मी बढ्दै जान थालेको छ ।