बरहथवा, ११ फागुन – सर्लाहीको बरहथवामा अपाङ्गता भएका व्यक्तिको शारीरिक परीक्षण तथा सहायक सामग्री नापचाँज शिविर आज सम्पन्न भएको छ ।
बरहथवा नगरपालिकाको आयोजना तथा प्रेरणा शारीरिक पुनस्र्थापना केन्द्र लालबन्दीको प्राविधिक सहयोगमा आयोजित २ दिने शिविरमा ६० जनाको शारीरिक परीक्षण र ७६ सहायक सामग्रीको चेकजाँच गरिएको हो । बरहथवा नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा २ जनालाई निरन्तर फिजियोथेरापीका लागि रेफर गरिएको छ ।
प्रेरणाले लालबन्दी १ र २ नवलपुरको संयुक्त वडा कार्यालयमा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै ७ जना अपाङ्गता भएका व्यक्तिलाई उपचारका लागि अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको प्रेरणाका बेनी आलेले जानकारी दिए ।