logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा चट्याङसहित हावाहुरी र सामान्य वर्षा


  • उज्यालो अभियान

लालबन्दी, १० फागुन – सर्लाहीको मौसम अहिले साँझ बदली भएर चट्याङसहित हावाहुरी चलेर कतैकतै वर्षा भइरहेको छ ।

केही ठाउँमा असिना समेत परेको स्थानीयले बताएका छन् । चट्याङ र हावाहुरीपछि साँझ ७ बजेदेखि जिल्लाभर बिजुली काटिएको छ । यहाँको मौसम हिजो देखि नै धाम्मधुम्म भइरहेको थियो ।

आज पनि बिहानभर मौसम धम्म भएकोमा दिउँसोपखबाट घाम लाग्ने र धुम्मिने भइरहेको हो । अहिले साँझ भने मेघगर्जनसहित हावाहुरी र पानी छिट्याइरहेको हो ।

मौसम बदली भइरहने पनि सर्लाहीसहित तराई क्षेत्रमा चिसो निकै नै कम भइसकेको छ ।