logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बयलवासमा ६१ जनाले गरे रक्तदान


  • उज्यालो अभियान

बयलवास, फागुन ९ – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजारमा आज आयोजना गरिएको एक दिने बृहत रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता तथा मेयर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

अन्तराष्ट्रिय रक्तदाता (२०६ पटक रक्तदान गर्ने) स्वर्गिय अर्जुन मैनालीको १० औँ दिनको पुण्य तिथी तथा स्वर्गिय स्थानीय चुल्हाई साहको पहिलो वार्षिकको अवसरमा श्री हेल्पिङ ह्याण्ड होप फाउण्डेसन र मैनाली सेवा समाज नेपाल सर्लाहीको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । सहयोगी गोदारी अस्पताल बयलवास रहेको छ।

रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यलगायतले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा धनुषाको सहकार्यमा आयोजित समाजका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षता, मेयर आचार्यको प्रमुख आतिथ्यता, हेल्पिङ ह्याण्डका उमाशंकर गुप्ता लगायतको आतिथ्यता रहेको थियो ।