logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

धुम्म छ आजको मौसम


  • उज्यालो अभियान

लालबन्दी, ९ फागुन – सर्लाहीको मौसम आज अघिल्ला दिनहरुको तुलनामा धुम्म छ ।

यहाँको मौसम आज बद्ली भएर पानी पर्लाजस्तो भई धुम्मिएर घाम देखा पर्न सकेको छैन् । आज पातलो मात्रामा हुस्सु पनि लागिरहेको छ ।

मौसम धुम्मिए पनि यहाँ चिसो भने धेरै हदसम्म कम भइसकेको छ । दिउँसोपख गर्मी बढ्न थालेको छ । बिहान–बेलुका र रातको समयमा अझै चिसो कायम छ । यसैबीच, गएको असोजदेखि पानी नपर्दा धुलो, धुँवाको प्रदुषण व्यापक मात्रामा बढ्दो छ ।

जिल्लाका भित्री कच्ची सडकमा धुलोले स्थानीय वासिन्दा र यात्रीलाई सताउन थालेको हाम्रा संवाददाताले जनाएका छन् ।

पानी नपर्दा खोला तथा जरुवामा पानी घट्दा गहुँ, मकै, लसुन, प्याजलगायतका हिउँदे बालीनालीलाई सिँचाईको समस्या बढ्न थालेको छ ।