कर्मैया, ७ फागुुन – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) फागुन १२ गते सर्लाहीको बागमती आउने भएका छन् ।
बागमती नगरपालिकाले बागमती ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजना गरेको शैक्षिक महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड यहाँ आउन लागेका हुन् । नगरभित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्ने अभियानकै क्रममा ठूलो संख्यामा विद्यार्थी र अभिभावकलाई सहभागी गराई शैक्षिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
उनका अनुसार पर्यटन, स्थानीय रीतिरिवाज र सँस्कृतिसँग समेत जोडेर शैक्षिक महोत्सव गर्न लागिएको हो ।
शैक्षिक महोत्सवको तयारी स्वरुप हिजो बागमती नगरपालिकाको सभा हलमा सर्वपक्षिय छलफल गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।