जयश्री झा ।

वृद्दवृद्दालाई भाेजन गराउँदै जयश्रीका पिता बलिराम झा । (तस्बिर : उज्यालाे अभियान)
जुटपानी, ०७ फागुन – कविलासी नगरपालिका-७ गैर बजार निवासी नेपाली कांग्रेसका नेता बलिराम झा/रेखा चाैधरी दम्पतिकि छाेरी जयश्री झाकाे जन्मदिनमा वृद्दवृद्दाहरुलाई मिष्ठान्न भाेजन गराईएकाे छ ।
हाल बेल्जियमकाे लुभेन शहरमा बसाेबासरत एवं माईक्राेसफ्ट कम्पनिमा कार्यरत जयश्रीकाे जन्मदिनकाे अवसरमा उनका बुबा बलिराम झाले पद्म-भुवनेश्वरी वृद्द सेवाश्रममा आश्रित वृद्दवृद्दालाई साेमबार बिहान मिष्ठान्न भाेजन गराएका हुन् । वृद्दवृद्दालाई भाेजन गराउने कार्यक्रममा शिक्षासेवी रजनिकान्त झा, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, कान्तिपुर दैनिकका समाचारदाता ओमप्रकाश ठाकुर लगायतकाे उपस्थिती रहेकाे थियाे ।
हाल कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका झा उक्त वृद्दाश्रमका संस्थापक महासचिव समेत हुन् । छाेरीकाे जन्मदिनकाे अवसरमा वृद्दाश्रममा आश्रित वृद्दवृद्दा बाआमालाई मिष्ठान्न भाेजन गराउन पाउँदा सारै आनन्दानुभुती महसुस भएकाे झाले बताए । सपरिवार बेल्जियममै बस्दै आईरहेका झा केही समय पहिला सर्लाही आएका हुन् ।
वृद्दाश्रमका संरक्षक बासुदेव शरण काेइराला, अध्यक्ष भवानी काेइराला लगायतले झालाई दाेसल्ला ओढाएर सम्मान सहित हार्दिक आभार प्रकट गरे ।