logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पुरस्कारको रकम उपचाररत सहकर्मीलाई सहयोग


  • उज्यालो अभियान

लालबन्दी, ६ फागुन – कान्तिपुर दैनिकका सर्लाही समाचारदाता ओमप्रकश ठाकुरले पुरस्कार बापत प्राप्त गरेको रकम व्रेनट्युमर भई उपचाररत एक सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।

बाराबाट प्रकाशित हुने कृपा दैनिकको २१ औँ वार्षिकोत्सवको अवसरमा हिजो निजगढमा आयोजित कार्यक्रममा पत्रकार ठाकुर र अन्नपूर्ण पोष्ट दैनिकका रौतहट समाचारदाता फणिदेव महतलाई जनही २५ हजार राशीको उमादेवी स्मृति सक्रिय पत्रकारिता सम्मान बाट पुरस्कृत गरिएको थियो । पत्रकार ठाकुरले सो २५ हजार रुपैयाँ सहकर्मी महतलाई नै हस्तान्तरण गरेका हुन् ।

व्रेनट्युमरको उपचार गराइरहेका महतलाई थोरै भएपनि आर्थिक सहयोग मिलोस् भनी पुरस्कार रकम सोही समारोहमा हस्तान्तरण गरेको ठाकुरले बताए ।