logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मृतकको परिवारलाई आर्थिक सहयोग


  • उज्यालो अभियान

कर्मैया, ५ फागुन – दुई साताअघि सर्लाहीको गम्हरियामा भएको सवारी दुर्घटनामा मृत्यु भएका नापी कार्यालय मलङ्गवाका सहयोगी विनोद प्रसाद घिमिरेको परिवारलाई आज आर्थिक सहयोग गरिएको छ ।

माघ २२ गते साँझ नापी कार्यालयका कर्मचारी सवार बीआर ०६ पिडी ९६४८ नम्वरको सफारी गाडी उखु बोकेको ट्याक्टरसँग ठोक्किँदा बागमती नगरपालिका–११, कर्मैया निवासी घिमिरेको मृत्यु भएको थियो । पतन्जली योग समिति मलङ्गवाको सदस्य समेत रहेका घिमिरेको आज १३ औँ दिनको पुण्य तिथीमा पतन्जली योग समिति मलङ्गवाका अध्यक्ष तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, योग गुरु तथा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले घरमै पुगेर घिमिरेको परिवारलाई ४३ हजार ८०० रुपियाँ प्रदान गरेका हुन् ।

आपसमा आर्थिक सङ्कलन गरेर थोरै भएपनि सहयोग प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी धमलाले बताए । जिसस प्रमुख सिंह, सीडीओ धमलालगायतले स्वर्गिय घिमिरेको तस्बिरमा माल्र्यापण गर्दै श्रद्धान्जली व्यक्त गरेका छन् ।

मृतक घिमिरेका कलिला दुई छोरी र एक छोरा छन् । पीडित परिवारका एक सदस्यलाई नापी कार्यालयमै रोजगारी दिलाउन पहल भइरहेको छ ।

उक्त दुर्घटनाका घाइते १० जनामध्ये केही डिस्चार्ज भइसकेका छन् । कार्यालयका प्रमुख सञ्जय मानन्धर र अमिन बैजु यादवलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।