बागमती, ५ फागुन – सर्लाहीको बागमतीमा गएराति एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ ।
बागमती नगरपालिका–१२, बथाने नयाँ बस्ती बस्ने एकल महिला ४५ वर्षीया गोरीमाया विकमाथि अपरिचित व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन् । उनलाई मोडेल अस्पताल कर्मैयामा उपचारपछि थप उपचारका लागि राति नै वीरगन्ज रेफर गरिएको छ ।
हतियार प्रहार गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन् । प्रहरीले यस घटनाबारे कुनै विवरण खुलाएको छैन् ।