logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बलरामा मुख्यमन्त्रीले विष्णु महायज्ञको उद्घाटन गरे


  • उज्यालो अभियान

बलरा, ३ फागुन – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज सर्लाहीको बलरा नगरपालिका–२ सेडवामा आयोजित श्री श्री १०८ विष्णु महायज्ञको उद्घाटन गरेका छन् ।

बलरा २ सेडवाका स्थानीय र रौतहटको राजदेवी नगरपालिका ६ का स्थानीय मिलेर दुई वडाको सीमामा लगाएको महायज्ञको मुख्यमन्त्री यादवले बलरा पुगेर उद्घाटन गरेका हुन् । सेडवामा २४ वर्षपछि समाजमा शान्ति र मानव कल्याणको लागि भन्दै यस प्रकारको महायज्ञ लगाइएको स्थानीयले बताएका छन् ।

महायज्ञ १३ गतेसम्म चल्ने छ । महायज्ञ सुरु हुनुअघि हिजो भव्य कलशयात्रा निकालिएको थियो ।

मुख्यमन्त्री यादवको प्रमुख आतिथ्यतामा आयोजित महायज्ञ उद्घाटन समारोहमा संविधान सभाका सदस्य किरण यादव, पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद साह, मधेश प्रदेशका पूर्व राज्यमन्त्री योगेन्द्र यादव, बलरा नगरपालिकाका मेयर रामा शंकर प्रसाद कुशवाहा, रौतहटको राजदेवी नगरपालिकाका मेयर भीखारी प्रसाद यादवलगायतको आतिथ्यता रहेको थियो ।