logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीका प्रहरी प्रमुख फेरिए


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, २ फागुन – सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रवीण धितालको सरुवा भएको छ ।

नेपाल प्रहरीका ७८ जना एसपीको नियमित सरुवा हुँदा सर्लाहीका एसपी पनि परिवर्तन भएका हुन् । सर्लाहीमा ४ महिनादेखि काजमा कार्यरत एसपी धितालको जिल्ला प्रहरी कार्यालय बर्दियामा दरबन्दी कायम भई त्यहाँ सरुवा भएको छ ।

मलंगवा घटनापछि एसपी नरेशराज सुवेदीको सरुवा भएपछि प्रहरी प्रधान कार्यालयले एसपी धिताललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट सर्लाहीमा काज सरुवा गरेर पठाएको थियो ।

सर्लाहीमा नयाँ एसपीको रुपमा दयानिधी ज्ञवाली आउने भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय इन्टलिजेन्स शाखाबाट एसपी ज्ञवाली सर्लाहीको प्रहरी प्रमुख भएर आउने भएका हुन् ।

सर्लाहीमा भर्खरै सशस्त्र प्रहरीका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एसपीको पनि सरुवा भएको थियो ।