logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

भेल्हीमा कार पल्टिँदा चार भारतीय युवक घाइते


  • उज्यालो अभियान

भेल्ही, २ फागुन – पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३, भेल्ही चोक नजिक बुधबार दिउँसो भारतीय कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

दुर्घटनामा भारतको सितामढी गडवा गाउँ बस्ने २३ वर्षीय सुधिर कुमार, सोही ठाउँका १८ वर्षीय अमर कुमार, २० वर्षीय अमरकुमार महतो र २३ वर्षीय अरविन्द कुमार घाइते भएका प्रहरी चौकी त्रिभुवननगरले जनाएको छ । सामान्य घाइते चारै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

घुमफिरका लागि हिँडेका भारतीय युवा सवार बीआर ०६ यू २२९६ नम्वरको कार आफै अनियन्त्रित भइ सडकबाट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट क्षति पुगेको कार प्रहरी चौकी त्रिभुवनगरमा लगेर राखिएको छ ।

प्रहरीका अनुसार कार १८ वर्षीय अमर कुमारले चलाएका थिए ।