logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लालबन्दीमा जसपाको समिति पुनर्गठन, अध्यक्षमा बल


  • उज्यालो अभियान

लालबन्दी, २५ माघ – लालबन्दीमा जनता समाजवादी पार्टी (जसपा) को नगर समिति पुनर्गठन गरिएको छ ।

आज भएको भेलाबाट इन्द्र बल अध्यक्ष रहने गरी २५ सदस्यीय नयाँ नगर समिति चयन गरिएको हो । जसपा लालबन्दीको नगर समितिमा कृष्णराज थोकर र रामवीर महतो उपाध्यक्ष, सत्रुघन चौधरी सचिव, जितकुमारी वाइवा कोषाध्यक्ष, प्रमोद मण्डल सहसचिव सहित अन्य सदस्य रहेका छन् ।

भेलाले निवर्तमान नगर समिति अध्यक्ष हिराकाजी लामा र नेता कल्पनाथ चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।

भेलामा जसपा नेता एवं सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह, जिल्ला अध्यक्ष वीरेन्द्र रायलगायतको उपस्थिति रहेको जसपा लालबन्दीका इन्चार्ज सुनिलकुमार साह (भान्जा) ले जानकारी दिए ।