logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

समुदायमा कांग्रेस अभियान अन्तर्गत बयलवासमा सभा


  • उज्यालो अभियान

बयलवास – समुदायमा कांग्रेस अभियान अन्तर्गत आइतबार नेपाली कांग्रेस क्षेत्र नं. १ ले ईश्वरपुर नगरपालिकास्थित वडा नं. ६ फूलजोर बाबा मन्दिरमा सभा गरेको छ ।

पार्टीका क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षता तथा केन्द्रिय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति लक्ष्मण राय, अर्का पूर्व जिल्ल सभापति सत्यदेव सिंह दनुवार, कार्यवाहक जिल्ला सभापति डा. सरोज यादव, क्षेत्र नं. २ का सभापति कौशलकिशोर राय, महासमिति सदस्य, युवराज देवकोटा, इश्वरपुरका मेयर मनोजकुमार आचार्य, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, नेताहरु नेत्रबहादुर कार्की, नवीन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

माघ २६ गतेसम्म चल्ने समुदायमा कांग्रेस अभियान अन्तर्गत यसअघि क्षेत्र नं. २ को मलंगवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को धनकौलमा पनि क्षेत्रीय स्तरको भेला सम्पन्न भइसकेको छ ।

कांग्रेसको यो अभियान अन्तर्गत भइरहेको भेलामा संस्थापन र संस्थापन इतर दुवै समूहका नेताहरु सहभागी भइरहेकाले यसलाई सकारात्मक रुपमा लिइएको छ ।