मृतक शान्ताया विक ।
हरिवन, १५ माघ – ग्लाेबल आईएमई बैंक हरिवनमा वृद्दभत्ता लिन आएकी एक वृद्दाकाे साेमबार दिउँसाे हृदयघातका कारण मृत्यु भएकाे छ ।
हरिवन नगरपालिका-६ निवासी ७७ वर्षीया शान्तमाया विक ग्लाेबल आईएमई बैंक हरिवनमा वृद्दभत्ता लिन बसिरहेकाे अवस्थामा एक्कासी लडेकी थिईन् । उपचारका क्रममा नजिकैकाे स्वाभिमान अस्पताल लैजादा डा. बब्लु ठाकुरले विककाे मृत्यु भएकाे घाेषणा गरेका छन् । स्वाभिमान अस्पताल प्रशासनका साैर्य प्रताप सिंहका अनुसार विककाे हृदयघातका कारण मृत्यु भएकाे चिकित्सकले बताएकाे र मृतक विककाे शव आफन्तहरुले लिएर गएका छन् ।