logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

लालबन्दीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया


  • उज्यालो अभियान

लालबन्दी, १४ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले आइतबार लालबन्दीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ ।

लालबन्दी ६ स्थित पुरानो नगरपालिका सभा हलमा अख्तियारका बर्दिवास कार्यालयका प्रमुख प्रकाश चौधरीको अध्यक्षतामा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । जसमा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीनबाबु रेग्मीले लालबन्दीसहित यस क्षेत्रबाट अख्तियारमा जाने उजुरी, त्यसको छानविन, के–कस्ता विषयमा अनियमितता भएका छन् लगायत अख्तियारले हेर्ने मुद्दा मामलाका विषयमा सहभागीलाई प्रष्ट पारे ।

उनले यो आर्थिक वर्षको पुस मसान्तसम्म लालबन्दी नगरपालिकासँग जोडिएका १८ वटा उजुरी परेका र त्यसमध्ये १० वटा फछ्यौट भइसकेको जानकारी गराए ।

कार्यक्रममा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, वडाध्यक्ष, अन्य जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक, यहाँका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका प्रमुखलगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।