logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बाेल्न नसक्ने महिलामाथि बलात्कार आराेपीहरु कारागार चलान


  • उज्यालो अभियान

कारागार चलान भएका अभियुक्तत्रय ।

हरिवन, ०९ माघ – बाेल्न नसक्ने महिलालाई सामुहिक बलात्कार गरेकाे आराेपमा पक्राउ परेका ३ जना अभियुक्त पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

साेमबार जिल्ला अदालतमा थुनछेककाे बहस सकिएसँगै बागमती नपा-४ का ३५ वर्षीय हरि भन्ने हिरा बहादुर भुजेल, ४२ वर्षीय राम भन्ने खेलेन्द्र परियार र २१ वर्षीय अनिल भन्ने धनलाल बराईली पूर्पक्षका लागि कारागार चलान भएका हुन् । स्थानीय बाेल्न नसक्ने ३१ वर्षीया महिलालाई मदिरा सेवन गराई गत पुस १० गते राती ११ बजे लहरी घारीमा लगेर पालैपालाे बलात्कार गरेकाे आराेपमा अभियुक्तहरुलाई पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल राज गिरीले जानकारी दिए । उनिहरुलाई जिरायतकाे सुकुम्बासी बस्तीमा लुकेर बसेकाे अवस्थामा गत पुस ११ गते नियन्त्रणमा लिएर प्रहरीले जबर्जस्ती करणी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएकाे थियाे ।