logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

त्रिभुवननगर-लालबन्दी-दुम्जा सडक हेर्न मन्त्रीकाे टाेली हिड्याे


  • उज्यालो अभियान

पत्थरकाेटबाट मटरदाेभानसम्म खाेलिएकाे ट्रयाक । (तस्बिर : उज्यालाे अभियान)

लालबन्दी, ०८ माघ – भारतीय सिमा त्रिभुवननगर देखि सिन्धुलीकाे दुम्जा जाेड्ने सडक याेजनाकाे संभाव्यता अध्ययन अन्तर्गत स्थलगत अवलाेकन सूरू भएकाे छ ।

खानेपानी मन्त्री महिन्द्र यादवकाे नेतृत्वकाे टाेलीले साेमबार बिहान ब्रह्मपुरी गापाकाे त्रिभुवननगर देखि माेहनपुरकाे विर्ता, बजार खैरा, रामपुरबाट जब्दी हुँदै लालबन्दीकाे दुर्गा मन्दिर चाेकमा निस्कने सडककाे स्थलगत अवलाेन गरेकाे हाे । मध्यान्ह पत्थरकाेट, नारायणखाेला, मरिणकाे छाप बजार, रामपुर हुँदै दुम्जासम्मकाे स्थलगत अवलाेकनका लागि टाेली लालबन्दी नगरपालिका कार्यालयबाट प्रस्थान गरेकाे छ । अहिले दिउँसाे नारायणखाेलाकाे मटरदाेभानमा खाना खाएर टाेली मरिण छापतर्फ अगाडि बढिसकेकाे छ ।

लालबन्दी नगरपालिका कार्यालयद्वारा आयाेजित अध्ययन टाेलीमा पूर्व मन्त्री एवं नेेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दी नपाका प्रमुख बाशुदेव अधिकारी, उपप्रमुख कल्पना पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्याेपाने, वडाध्यक्षहरु, लालबन्दी र ब्रह्मपुरीका विभिन्न राजनैतिक दलका नेताहरु, उद्याेगि-व्यापारीहरुकाे सहभागिता रहेकाे छ ।

लालबन्दीबाट वीपी राजमार्ग अन्तर्गत नेपालथाेक नजिक दुम्जा जाेड्ने सडक ७० किलाेमिटर दुरी पर्ने र काठमाडाैं जान समेत सारै छाेटाे पर्ने कांग्रेस नेता ईन्द्र याेन्जनले जानकारी दिए ।