मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आज राष्ट्रिय सभा निर्वाचन २०८० मधेश प्रदेशबाट गठवन्धनका दुई उम्मेदवारसँग परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रम गरिएको छ ।
कांग्रेस, माओवादी केन्द्र, जसपासहितका गठवन्धनको संयुक्त उम्मेदवार आनन्द प्रसाद ढुंगाना र पूजा चौधरीसहित जिल्लाका राजनीतिक दलका नेता तथा ती दलबाट निर्वाचित पालिकाका प्रमुख/उपप्रमुख एवं अध्यक्ष/उपाध्यक्षबीच परिचयात्मक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा आफै सहभागी भएका राष्ट्रिय सभाका उम्मेदवार ढुंगाना र चौधरीले मतदाताका रुपमा रहेका पालिकाका प्रमुख÷उपप्रमुखसँग मत मागेका छन् ।