logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सगुन शिक्षा सहकारीको १० औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा रहेको सगुन शिक्षा सहकारी संस्थाको शनिबार १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सगुन आवासिय विद्यालयकै प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । सभामा प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहा, हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), निवर्तमान प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त राखे ।

सगुन सहकारीको सहयोगमा संचालित यस आवासिय विद्यालयले वार्षिक रुपमा गरेका काम तथा गतिविधि र आर्थिक अवस्था कार्यक्रममा प्रस्तुत गरिएको छ ।