logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पूर्वराजा शाह आज मूर्तिया आउँदै, उच्च सुरक्षा पहरा दिइने


  • उज्यालो अभियान

बरहथवा – पूर्वराजा ज्ञानेन्द्र शाह आज सर्लाहीको मूर्तिया आउँदै छन् ।

पछिल्लो समय देश दौडाहमा सक्रियता देखाएका पूर्व राजा शाह आज मध्यान्ह बरहथवा ९ स्थित मूर्तियाको मुक्तेश्वर मन्दिरको दर्शनका लागि यहाँ आउन लागेका हुन् । उनलाई भव्य स्वागत गर्ने गरी उहाँका समर्थकहरुले तयारी गरेका छन् ।

पूर्वराजा शाहको आगमनलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको र सोही अनुसार सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।