logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा आजबाट शितलहर चल्न थाल्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीसहित तराई क्षेत्रमा आजबाट शितलहर चल्न सुरु भएको छ ।

अघिल्ला दिनहरुमा दिउँसोपख केही घन्टा घाम देखा पर्ने गरेपनि आज भने दिनभर नै घाम लाग्न सकेन । दिनभरी बाक्लो हुस्सु लागेर तुसारो पर्दा जनजीवन प्रभावित बनेको छ ।

लगलग कमाउने चिसोमा शरीर ढाक्ने न्यानो कपडा र राति सुत्दा ताता ओढनेआछ्याउने नभएका विपन्न परिवारलाई असाध्य अप्ठेरो परेको छ ।

चिसो छल्न कतिपयले आगो बालेर ताप्ने गरेका छन् ।

जिल्लाका २० वटा स्थानीय तहमध्ये कुनै पनि पालिकाले चिसो प्रभावितको वास्ता गरेका छैनन् ।