logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

शिवनगरमा उखु बोकेको ट्रक पल्टियो


  • उज्यालो अभियान

मलंगवा – सलेमपुर हीरापुर सडक खण्ड अन्तर्गत सर्लाहीको शिवनगरमा उखु बोकेको ट्रक पल्टिएको छ ।

उखु बोकेर चिनी मिलतर्फ आउँदै गरेको ना ६ ख ६६६२ नम्वरको ट्रक कच्ची सडकको मोडमा आफै अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

पल्टिएको ट्रक अहिले घटनास्थलमै रहेको छ ।