logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

क्रिकेटमा जित सुरुवात गर्ने पर्सा गाउँपालिकाको टिम सम्मानित


  • उज्यालो अभियान

संग्रामपुर – सर्लाही सदरमुकाम मलंगवामा जारी जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा बिजयी सुरुवात गर्ने पर्सा गाउँपालिकाको टिमलाई सम्मान गरिएको छ ।

मंगलबार भएको खेलमा रामनगर गाउँपालिकालाई ५ विकेटले पराजित गर्दै खेलमा सुःखद् सुरुवात गरेको भन्दै गाउँपालिकाले आफ्नो टिमलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।

खेलका म्यान अफ दि म्याच राजीव मण्डल र उत्कृष्ट फिल्डिङ तथा ब्याटिङ गर्ने अभिषेक यादवलाई पर्सा गाउँपालिका–१ का वडाध्यक्ष सतेन्द्र राय, वडा नं. २ का वडाध्यक्ष राकेश राम, वडा नं. ३ का वडाध्यक्ष रघुनाथ साह र वडा नं. ६ का वडाध्यक्ष गणेश साहले नगद ११ हजारसहित सम्मान गरेका गाउँपालिकाले जनाएको छ ।