logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनमा ‘आमा सेमिनार’ कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आज ‘आमा सेमिनार’ कार्यक्रम सम्पन्न भएको छ ।

मानवसेवा आश्रम शाखा सर्लाहीले हरिवनस्थित सम्राट होटल एण्ड पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न गरेको हो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने माता पिताको महत्वबोध गराई प्रेम, सद्भाव, करुणालाई जनजनमा पुर्याउने उद्देश्यले ‘आमा सेमिनार’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको मानवसेवा आश्रम हरिवन शाखाकी संयोजक जुना थिङले जानकारी दिईन् ।

कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले प्रस्तुति दिए ।

सहभागीले अधिकारीको प्रस्तुतिलाई निकै चाख दिएर सुने । आमाको विषयमा उनको प्रस्तुतिले सहभागी अंधिकाशको आँखामा आँशु भरियो ।

‘धर्तीमै छ सबैथोक खोजेपछि मिल्छ घरिघरि तर जन्मदिने आमाबाबा पाइँदैन कसैगरी’ भन्ने मूल नारासहित भएको कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली र कौशलकिशोर राय, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र कुमार महतो, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलानलगायत सहभागी भए ।