logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिपूर्वामा १८७ र ईश्वरपुरमा ३०० बढीको निःशुल्क आँखा जाँच


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वामा आज १८७ जनाको निःशुल्क आँखा जाँच गरिएको छ ।

भरतपुर आँखा अस्पतालले हरिपूर्वा नगरपालिकासहित विभिन्न संघसंस्थासँग समन्वय गरेर हरिपूर्वा नगरपालिका–५, स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा राखेको आँखा जाँच शिविरमा १८७ जनाको आँखा जाँच गरिएको हो ।

शिविरमा ४४ जनामा मोतिया विन्दु फेला परेको र उनीहरुलाई ईश्वरपुरमा जारी शिविरमा ल्याएर निःशुल्क अप्रेसनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । आँखा शिविरको आज मेयर विनोद कुमार साह तेलीले उद्घाटन गरे ।

यस्तै, ईश्वरपुर ६ स्थित नगर अस्पताल (आँखा उपचार केन्द्र) मा पनि जारी आँखा जाँच शिविरमा आज ३०० भन्दा बढीको आँखा जाँच गर्दा १०१ जनामा मोतिया विन्दु फेला परेको छ ।

उनीहरुलाई पनि पुस २४ गतेसम्म सोही अस्पतालमा जारी रहने अप्रेसन क्याम्पमा अप्रेसनको प्रवन्ध मिलाइएको छ । नगर अस्पतालमा २४ गतेसम्म आँखा जाँचसहित अप्रेसन शिविर चल्ने छ ।