logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बरहथवा घटना : संयमता अपनाउन जिल्ला सुरक्षा समितिको अपिल


  • उज्यालो अभियान

युवकको गोली लागेर मृत्यु भएको पुल छेउछाउमा शनिबार बिहान भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)

बरहथवा – जिल्ला सुरक्षा समिति सर्लाहीले बरहथवा घटनालाई लिएर संयमता अपनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमलाले अपिल जारी गरी वार्ता र संवादको माध्यमबाट समस्या समाधानको पहल भइरहेको परिपेक्षमा जिल्लास्थित राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, आम संचार जगत लगायत सम्पूर्ण आम जनसमुदायमा संयमता अपनाउन अपिल गरेका हुन् ।

प्रदर्शन रोक्न बरहथवा बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । तर युवकको गोली लागेर मृत्यु भएको घटनास्थल आसपास बिहानैदेखि प्रदर्शन जारी छ । युवकको शव आज दिउँसो १ बजेसम्म पनि घटनास्थलमै छ ।