बागमती – सर्लाहीको बागमतीमा पनि आजबाट ८ वर्षदेखि १३ वर्षसम्मका बालबालिकालाई फुटबल प्रशिक्षण दिन सुरु गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी ड्रिम्स एशिया फाउण्डेसनको सहयोगमा बागमती ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा प्रशिक्षण प्रारम्भ गरेको हो । प्रशिक्षणको आज बिहान अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय उपाध्यक्ष दावा लामा र बागमती नगरपालिकाका मेयर भरतकुमार थापा भएर उद्घाटन गरे ।
प्रशिक्षणको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै एन्फाका उपाध्यक्ष लामाले ग्रासरुटमा भएको यस प्रकारको प्रशिक्षणबाट उमेर समूहका फुटबल खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै किसिमको प्रशिक्षण हिजोबाट लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा पनि जारी छ ।