लालबन्दी – वडाभित्र पहिलो पटक पाइलट लाइसेन्स कोर्स गर्ने एक किशोरीलाई लालबन्दी ५ को वडा कार्यालयले आज सम्मान गरेको छ ।
लालबन्दी नगरपालिका ५ शान्ति टोल निवासी ओमप्रसाद देवकोटा र जुनु भण्डारी देवकोटाका छोरी ईसा देवकोटालाई वडा कार्यालयले सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो ।
देवकोटाको प्रोत्साहनका लागि आमा बुवासहित वडा कार्यालयमै बोलाएर सम्मान गरिएको लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) ले जानकारी दिए । देवकोटाले अमेरिकामा बसेर कोर्स पूरा गरेकी हुन् ।