logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जनकपुरधामबाट निस्केको यात्रालाई सर्लाहीमा स्वागत


  • उज्यालो अभियान

मलंगवा – भारतको अयोध्यास्थित नवनिर्मित श्रीराम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामबाट ‘कोसेली’ लिएर निस्केको यात्रा गएसाँझ सर्लाही हुँदै वीरगन्ज पुगेको छ ।

जनकपुरधाम स्थित जानकी मन्दिरबाट बिहीबार बिहान धुमधामका साथ निकालिएको ‘जनकपुरधाम–अयोध्या भार यात्रा’महोत्तरीको जलेश्वर ,सम्सी हुँदै सर्लाहीको सदरमुकाम मलंगवा, कौडेना, गोडैता हुँदै हुलाकी सडक भएर वीरगन्ज पुगेको हो । जानकी मन्दिरका सहायक महन्त रामरोषण दासको नेतृत्वमा बाजागाजा र झाँकीका साथ सयौँ भार लिएर निस्केको ‘जनकपुरधाम–अयोध्या भार यात्रालाई यहाँ भव्य स्वागत गरेर बिदाई गरिएको हो ।

त्रेतायुगमा आयोध्याका राजा जनकका पुत्र भगवान श्री राम र मिथिलाका राजा जनककी पुत्री सीता बीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमि जनकपुरधामबाट प्राणप्रतिष्ठाका लागि कोसेली पठाइएको छ ।