logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीमा बिहानैबाट घाम, चिसोले प्रभावित भएकालाई राहत


  • उज्यालो अभियान

ईश्वरपुर नगपालिका १२ स्थित घारिबथान क्षेत्रमा सोमबार बिहान सफा भई उघ्रिएको मौसम । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको मौसम आज पनि बिहानैबाट उघ्रिएर पारिलो घाम लागेको छ ।

जिल्लाको उत्तरी भेगमा मौसम छर्लङ्ग भई घाम लाग्न थालिसकेको छ भने सदरमुकाम मलंगवासहित दक्षिणी बेल्टमा पनि पातलो मात्रामा लागेको हुस्सु हटेर विस्तारै घाम देखा पर्न थालेको स्थानीयले बताएका छन् ।

सर्लाहीमा हिजो पनि दिनभर नै पारिलो घाम लागेको थियो । हिजोदेखि न्यानो घाम लाग्न थालेपछि पुस १४, १५, १६ र १७ गते लगातार ४ दिन बाक्लो हुस्सु र शित झरेर कठ्यांग्रिदो चिसो खेपेका यहाँका स्थानीयले राहत महसुस गरेका छन् ।

यहाँ रातको समयमा भने कठ्यांग्रिदो चिसो हुने गरेको छ ।