हरिवन – सर्लाहीबाट ताम्सालिङ जागरण अभियानको सुरुवात गरिएको छ ।
‘ताम्सालिङ प्रदेश निर्माणका लागि एकजुट हौँ’ भन्ने नारासहित हरिवनमा तामाङ र ताम्सालिङ निर्माण सम्वन्धी प्रशिक्षण कार्यक्रम गरी अभियानको प्रारम्भ गरिएको हो । नेपाल तामाङ घेदुङ सर्लाहीको आयोजना तथा हरिवन घेदुङको व्यवस्थापनमा ताम्सालिङ जागरण अभियान अन्तर्गत पहिलो चरणको प्रशिक्षण कार्यक्रम घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सहभागीलाई प्रशिक्षण प्रदान गरे ।
गोलेले ताम्सालिङको आवश्यकता, औचित्य, आगामी कार्ययोजना र उद्देश्यबारे सहभागीलाई प्रष्ट्याए । नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष वुद्ध लामाको अध्यक्षता तथा घेदुङका संघीय सदस्य जयमान पाख्रिनको स्वागत एवं घेदुङ हरिवन नगर अध्यक्ष राजु लो को संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रशिक्षणमा घेदुङको सर्लाही, रौतहट, महोत्तरी र धनुषाका अगुवा सहभागी थिए ।