logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जंगली हात्तीद्वारा मूर्तियामा दुई घरमा क्षति


  • उज्यालो अभियान

यो पुरानो तस्बीर हो ।

बरहथवा – जङ्गली हात्तीले गएराति बरहथवा नगरपालिका–९, मूर्तियास्थित पैतालिस बिघामा दुईवटा घरमा क्षति पु¥याएका छन् ।

मूर्तिया वनबाट एक्कासी निस्किएका दुईवटा जङ्गली हात्तीले स्थानीय अप्सरा ठकुरी र बद्री गुरुङको घरमा क्षति गरेका हुन् । दुई घरमध्ये ठकुरीको दुई तले (दोमल्ला) घरको तलको तलामा क्षति पु¥याएर त्यहाँ राखिएको १२ क्विन्टल धान र दुई क्विन्टल चामल खाइदिएका छन् ।

गुरुङको भने घरको माथि तलाको दुईवटा झ्यालको सिसा फुटाइदिएका स्थानीयले बताएका छन् । मध्यराति गाउँ पसेको हात्ती गाउँले मिलेर धपाएको बरहथवा नगरपालिका ९ का वडाध्यक्ष तुलसीप्रसाद लुईटेलले उज्यालो अभियानसँग बताए । हात्तीले स्थानीय किसानले भर्खरै रोपेको मकै बालीमा खुदेर क्षति पु¥याएका छन् ।

हात्तीले अम्रिसो घाँस र केराको बोटमा पनि क्षति पु¥याएका किसानले बताएका छन् । मूर्तिया क्षेत्रमा तिहारताका पनि जङ्गली हात्ती आएका थिए । त्यसबेला हात्तीले किसानको धान बालीमा क्षति पु¥याएका थिए ।

तीन दिनअघि ईश्वरपुर नगरपालिका–१३ श्रीनगर क्षेत्रमा दुईवटा जङ्गली हात्ती देखा परेर किसानले लगाएको आलु र अन्य बालिनालीमा क्षति पु¥याएका थिए । जानकारका अनुसार जङ्गली हात्ती आफ्नो पुर्खा हिँड्ने बाटो हुँदै हिँड्ने भएकाले वर्षेनि सर्लाहीका विभिन्न जङ्गल क्षेत्रमा आइपुग्ने गरेका छन् ।

दिनभर जङ्गलमा सुतेर बस्ने हात्ती रात छिप्पिँदै गएपछि छेउछाउका बस्तीमा बसेर क्षति पु¥याउने गरेका छन् ।