logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिवनमा शनिबार ‘आमा सेमिनार’ कार्यक्रम हुने


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आगामी शनिबार ‘आमा सेमिनार’ कार्यक्रम हुने भएको छ ।

मानवसेवा आश्रम शाखा हरिवनले २१ गते शनिबार हरिवनस्थित सम्राट होटल एण्ड पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेको हो । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने माता पिताको महत्वबोध गराई प्रेम, सद्भाव, करुणालाई जनजनमा पुर्याउने उद्देश्यले ‘आमा सेमिनार’ कार्यक्रम आयोजना गरिएको मानवसेवा आश्रम हरिवन शाखाकी संयोजक जुना थिङले जानकारी दिईन् ।

थिङका अनुसार शनिबार दिउँसो १ बजे कार्यक्रम सुरु हुने छ । कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले प्रस्तुति दिने छन् ।

‘धर्तीमै छ सबैथोक खोजेपछि मिल्छ घरिघरि तर जन्मदिने आमाबाबा पाइँदैन कसैगरी’ भन्ने मूल नारासहित हुन लागेको कार्यक्रममा सहभागिताका लागि आयोजक मानवसेवा आश्रमले सबैलाई निमन्त्रणा गरेको छ ।