logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न


  • उज्यालो अभियान

मलंगवा – नेपाल भारत सीमा समन्वय बैठक आज सम्पन्न भएको छ ।

सर्लाही, रौतहट र महोत्तरीका सुरक्षा अधिकारी तथा भारत सीतामढीका सुरक्षा अधिकारीबीच रौतहट सदरमुकाम गौरमा बैठक बसेको हो । बैठकमा सीमा अपराध, लागूऔषध नियन्त्रणलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

नियमित बस्दै आएको बैठकमा आज सर्लाहीबाट प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको नेतृत्वमा सुरक्षा अधिकारीसहितको टोली गौर पुगेको थियो ।